तनहुँ : तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या एघार सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म एक हजार एक सय ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी व्यास नगरपालिकामा तीन सय ६० र सबैभन्दा कम देवघाट गाउँपालिकामा ३२ सङ्क्रमित भएका छन् । भानु नगरपालिकामा एक सय २१, शुक्लागण्डकी नगरपालिकामा एक सय ८६, भीमाद नगरपालिकामा ९२, म्याग्दे गाउँपालिकामा ५८, घिरिङ गाउँपालिकामा ४१, ऋषिङ गाउँपालिकामा ९५, बन्दीपुर गाउँपालिकामा ६६ र आँबुखैरेनी गाउँपालिकामा ५५ जना सङ्क्रमित छन् ।
सङ्क्रमितमध्ये सात सय १४ जना निको भएका छन् भने तीन सय ७७ सक्रिय छन् । भानु नगरपालिकामा ८६, व्यास नगरपालिकामा दुई सय ४१, शुक्लागण्डकी नगरपालिकामा ९७, भीमाद नगरपालिकामा ४७, म्याग्दे गाउँपालिकामा ३४, घिरिङ गाउँपालिकामा ३८, ऋषिङ गाउँपालिकामा ७६, देवघाट गाउँपालिकामा ३२, बन्दीपुर गाउँपालिकामा ४० र आँबुखैरेनी गाउँपालिकामा २३ जना निको भएका छन् ।
कार्यालयका भानु नगरपालिकामा ३५, व्यास नगरपालिकामा एक सय १३, शुक्लागण्डकी नगरपालिकामा ८७, भीमाद नगरपालिकामा ४१, म्याग्दे गाउँपालिकामा २३, घिरिङ गाउँपालिकामा तीन, ऋषिङ गाउँपालिकामा १९, बन्दीपुर गाउँपालिकामा २६ र आँबुखैरेनी गाउँपालिकामा ३० जना सक्रिय सङ्क्रमित छन् । देवघाट गाउँपालिका भने सङ्क्रमणमुक्त भएकाे छ ।