तनहुँ : प्रेस सङ्गठन तनहुँका संयोजक नारायण खड्कालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी गराउनुभएको छ ।
खड्काले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो । गत आइतबारदेखि अचानक स्वास्थ्यमा समस्या देखिएपछि रक्तपरीक्षण गर्दा उहॉलाई टाईफाईड समेत भएको छ ।
उहॉले फेसबुकमा लेख्नुभएको छ –
गत आइतबारदेखि अचानक स्वास्थ्यमा समस्या देखियो । २ दिनसम्म शरिर असामन्यरुपमा दुखेको अनुभव गरे । एक रात हल्का सुख्खा खोकी अनि सामान्य टाउँको पनि दुःख्यो । शरिर अल्लि कम्जोर महशुस भयो । तिहारको भाईटिकाको भोलिपल्टा रक्तपरिक्षण गर्दा टाइफाइड देखियो । नियमित टाइफाइडको औषधी पनि सेवन गर्दैछु ।
पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा सतरकता अपनाउँदा अपनाउँदै पनि कतै कोभिड-१९ संक्रमण भएकि भन्दै गत बुधबार पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएको थिए । आज कोभिड-१९ पोजेटिभ देखिएको छ । स्वास्थ्यमा सुधार हुँदै गएको पनि छ । यो अबधिमा भेटघाट तथा स्वास्थ्य सुरक्षा सावधानी र मापदण्ड पनि पालन त गरेकै छु । मङ्सिर १ गते यता मसंग नजिक भई भेटघाट वा कुराकानी गर्नुभएका महानुभावहरुले आ-आफ्नो स्वास्थ्य अवस्थाका विषयमा ख्याल गर्नुहोला । स्वस्थ अनि सुरक्षित रहनुहोला ।
यो अबधिमा मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्नु भएका सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईहरुकै कामनाले छिट्टै कोरोना भाइरसलाई पनि पराजित गरी नियमित आफ्नो दैनिकीमा फर्किने छु ।