मोटरसाइकलको ठक्करबाट भानुमा एक बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोटरसाइकलको ठक्करबाट भानुमा एक बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    तनहुँ : तनहुँको भानु नगरपालिका-५ पञ्चनगरमा शनिबार मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नम्बरको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा आइज्याक सिंखडा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकोमा चोट लागेको थियो ।