गाछेपानीलाई घारी जोड्ने सेती नदीमा मोटरेबल पुल बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाछेपानीलाई घारी जोड्ने सेती नदीमा मोटरेबल पुल बन्ने

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नम्बर ९ को घारीलाई जोड्नेगरी मोटरेबल पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाको पहलमा सेती नदीमाथी पुल बन्न लागेको हो ।


    शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सघाउन पुल अतिआवश्यक ठानेर प्रदेश सरकारले निर्माण गर्न लागेको कोईरालाले बताउनुभयो । पुल निर्माणको पुर्व तयारीका लागी शनिबार भएको भेलालाई सम्बोधन गर्दै कोईरालाले प्राविधिकहरूबाट प्रारम्भिक अध्ययन भईसकेको र अब छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपीआर) तयार हुने जानकारी दिनुभयो ।

    शनिबार भएको भेलाले सरन सापकोटाको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढकाल, सचिवमा अस्मिता खनाल, कोषाध्यक्ष नवराज तिवारी र सहसचिव सुमन श्रेष्ठ चयन भएका छन् ।

    सदस्यहरूमा विशाल केसी, अनिष कुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेकनारायण कोईराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमाया गुरूङ रहनुभएको छ । यहाँ मोटरेबल पुल नहुदाँ दुलेगौँडाको पुलचोक हुदैँ घारी जानुपर्ने बाध्यता छ ।

    पुल निर्माणको पुर्व तयारीका लागी शनिबार भएको भेलामा सहभागीहरु । तस्बिर सौजन्य : अस्मिता खनाल