प्रशासनले भन्यो : एकादशीमा सतर्कता अपनाउनु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनले भन्यो : एकादशीमा सतर्कता अपनाउनु

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, मंगलवार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले हरिबोधनी एकादशीको अवसरमा नदीकिनार तथा मन्दिरमा उपस्थित नभई घरपरिवारमा मात्र सीमित रही मनाउन आग्रह गरेको छ । कोभिडको जोखिम कायम रहेको र स्वास्थ्य मापदण्ड पालनामा कमी देखिएकाले एकादशी पर्व घरपरिवारमा मात्र सीमित रही मनाउन आग्रह गरेको हो ।

    प्रशासनले एकादशीको अवसरमा मेला गर्न पनि रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोरोना सङ्क्रमणलाई थप फैलिन नदिई सावधानी अपनाउन र सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको बताउनुभयो ।

    प्रशासनले केही व्यवसाय, व्यक्ति, सङ्घसंस्था तथा सरकारी कार्यालयमा समेत नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनामा कमी भएको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न, अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन सचेत गराएको छ ।