गण्डकीमा मंगलबार : १ सय २४ जनालाई कोरोना, १ सय ४८ निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा मंगलबार : १ सय २४ जनालाई कोरोना, १ सय ४८ निको

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, मंगलवार

    दुलेगौँडा : मंगलबार गण्डकी प्रदेशमा थप १ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरका १ हजार २ सय ४ जनाको पिसीआर परिक्षण गर्दा ६ जिल्लाका उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    १ हजार ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले सार्वजनिक गरेको विवरणमा मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ८२ जना छन् । तनहुँमा ११ जना संक्रमित थपिए । तनहुँमा थपिएका संक्रमित ५ जना शुक्लागण्डकी नगरपालिकाका, घिरिङ गाउँपालिका ५ जना र भानु नगरपालिका १ जना रहेका छन् ।

    यस्तै, गोरखामा १७ जना, स्याङजामा ६ जना, नवलपुरमा ५ जना र लमजुङमा ३ जनालाई कोरोना पुष्टी भएको हो । बाग्लुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङमा भने संक्रमित थपिएनन् । मंगलबार १ सय ४८ जना निको भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    मंगलबार थपिएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ४६ जना निको भएका छन भने सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २७ रहेको छ । प्रदेशभर १ सय ४१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशमा १ लाख ५ हजार ९ सय ६५ पिसीआर परिक्षण गरिएको छ । तीमध्ये ९४ हजार ६ सय ५१ रिपोर्ट नेगेटिभ आएको छ ।