तनहुँ : तनहुँ ख्रीष्टिय युवा सङ्गतिका युवाले बुधबार तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सरसफाई गरेका छन् । उक्त कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले नागरिक स्तरबाट सरसफाई कार्यक्रम सञ्चालन गरिनु सकारात्मक रहेको बताउनुभयो । मानुङकोटको सौन्दर्यता कायम राखिराख्न सरसफाई महत्वपूर्ण रहेकाले सरसफाईका लागि सबैलाई सचेतना जगाउन आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।
पछिल्लो समय निकै चर्चित बनेको मानुङकोटलाई सुन्दर बनाईराख्न सरसफाई गरिएको सङ्गतिका सचिव राजु थापाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा ५० भन्दा बढी युवायुवतीको सहभागिता थियो ।