खोरमा परेर चितुवा नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खोरमा परेर चितुवा नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपािलका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर बिहीबार बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

    सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षित रुपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा आएको छ । गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो ।

    खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौ चितुवा नियन्त्रणमा आएको थियो ।

    जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले वस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।