गण्डकीमा दुई सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा दुई सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशमा बिहीबार दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कास्की र लमजुङका दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाम मङ्सिर ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो । उहाँमा मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।