व्यासमा थपिए पुनः तीन सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा थपिए पुनः तीन सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बिहीबार पुनः तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा व्यास नगरपालिकाका तीन पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास–१ का २५, व्यास–२ का ३० र व्यास–७ का २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    बिहीबार मात्रै व्यास नगरपालिकामा चार जना सङ्क्रमित थपिएका छन् । योसँगै बिहीबार दिउँसो १२ बजेसम्म तनहुँमा सात जना सङ्क्रमित थपिएका छन् ।