सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको योजना छनौट (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको योजना छनौट (सूची सहित)

    विवि श्रेष्ठ

    १२ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य केदार सिग्देलले स्थानाीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि योजना छनौट गर्नुभएको छ । आर्थिक वर्ष ०७७।०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी अन्तरगतको ४ करोड रुपैयॉका विभिन्न योजना छनौट भएका छन् ।

    कार्यक्रम अन्र्तगत पॉच पालिकामा विभिन्न योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । व्यास नगरपालिका-५ स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागि १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागि १० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदिको पूल सम्म सडक कालोपत्रे गर्नका लागि ३० लाख गरि व्यासको ५ र ६ नं वडामा ५० लाख विनियोजन भएको छ ।


    म्याग्दे गाँउपालिकामा वरचौर खानेपानी निर्माण सुधारका लागि १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटारका लागि १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माणका लागि १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नतीका लागि १५ लाख गरि कुल ६५ लाख विनियोजन भएको छ ।


    शुक्लागण्डकी नगरपालिका अन्र्तगत काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधार का लागी १० लाख, दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख, राईपुर कोटकालिका पुर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरि ७५ लाख विनियोजन भएको छ ।


    यसैगरि भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छाव्दी वराही मन्दिर देखी सिगारभन्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेत का लागी १५ लाख, लोकतान्त्रिक मार्ग स्त्तरोन्नती जलौदी देखि सुनाकोट सम्मका लागी १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागी ११ लाख ४० हजार भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं ७ मा १० लाख, वालज्योती आधारभुत विद्यालय तला थप गर्नका लागी १० लाख गरि कुल ७१ लाख ४० हजार विनियोजन भएको छ ।


    घिरिङ्ग गाँउपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन भएको छ ।


    ​यसैगरि रिसिङ्ग गाँउपालिकामा झापुटार–धवला–ग्वासलुङ्ग धनवास मोटरमार्ग स्तरोन्नतीकालागी १५ लाख, गोठादी सामुदायिक भवन का लागी १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ्ग मावी गोठादी तला थप गर्नका लागी १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागी भौतिक विस्तारमा २५ लाख गरि कुल ७० लाख विनियोजन भएको छ ।