तनहुँ : तनहुँमा शनिबार एकैसाथ १९ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भीमाद, देवघाट, घिरिङ, म्याग्दे र व्यासमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भीमादमा १३, देवघाटमा एक, घिरिङमा एक, म्याग्देमा एक र व्यास नगरपालिकामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमाद वडा नं ३ का ३, वडा नं ४ का २९ वर्षीया महिला, वडा नं ५ का ३५ वर्षीय पुरुष, वडा नं ६ का २७, २५ वर्षीया महिला, १६, ३६, ७० वर्षीय पुरुष र वडा नं ७ का ५३, २१, १९ वर्षीया महिला र १२ र ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देवघाट वडा नं १ का ४७ र घिरिङ वडा नं १ का २९ वर्षीया महिला, म्याग्दे वडा नं २ का ५५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास १ का २१, व्यास २ का ४२ वर्षीया महिला र व्यास ९ का ८० वर्षीय पुरुष कोरोना सङ्क्रमण पुष्टि भएको छ ।