लियोद्वारा खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लियोद्वारा खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, आईतवार

    तनहुँ : लियो क्लबले आर्थिक स्थिति कमजोर रहेको परिवारलाई सहयोग गरेको छ । ६३ औं अन्तराष्ट्रिय लियो दिवसको अवसरमा दमौलीमा रहेका लियो क्लबले व्यास-३ मा रहेको गणेश गुरुङको परिवारलाई सहयोग प्रदान गरेको हो ।

    लियो क्लब अफ तनहुँ, लियो क्लब अफ सत्यवती र लियो क्लब अफ लियो क्लब अफ तनहुँ निर्मल अल्फाले संयुक्त रुपमा गुरुङको परिवारलाई न्यानो कपडा, सिरक सहित खाद्यन सहयोग गरेको हो । लियो क्लब अफ तनहुँका अध्यक्ष प्रवेश पोख्ररेलले आर्थिक स्थिति रहेकाले उपचार गर्न नपाएको र न्यानो कपडा पनि नभएकाले सहयोग गरिएको बताउनुभयो ।

    व्यास-३ शान्ति नगरको बले धारा नजिक पुरानो घरमा बस्दै आएका मान वीर गुरुङका छोरा गणेश गुरुङ जन्मजात अपांगता हुन् । गुरुङ अहिले दमौली बजारमा माग्दै हिँड्ने गरेका छन्।