यस्तो छ ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्र (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस्तो छ ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्र (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    काठमाडौं : आइतबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष उपस्थित भएनन् । बैठकमा अनुपस्थित रहेका ओलीले एक पत्र पठाउँदै आफू अनुपस्थित रहेको कारणहरु खुलाएका छन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएका संगिन आरोपहरुको बारेमा कुनैपनि छलफल नगर्ने अडानसहित आफू बैठकमा उपस्थित नभएको ओलीले स्पष्ट पार्नुभएकाे छ ।

    पार्टी विवाद समाधानका लागि परामर्श र सहमतीबाट छलफल गरी कार्यसूची तय गरि बैठक बोलाइएमा आफू गइरहेको र भविष्यमा बैठकमा उपस्थित हुने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

    यस्तो छ पत्र