कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति तीस वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति तीस वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    तनहुँ : कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका एक प्रतिवादी तीस वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीको नेतृत्वमा खटिएको टोलीलाई निजलाई काठमाडौस्थित एक होटलबाट पक्राउ गरेका हो ।

    निजले साविक राइपुर गाविस ४ बस्ने भिमबहादुर परियारलाई विसं २०४७ असोज ७ गते दाउराको चिर्पटले टाउको लगायत संवेदनशील भागमा प्रहार गरी कर्तव्य गरेका थिए । निज विरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७२ साउन २८ गतेको फैसलाले सर्वश्व सहित जन्मकैद हुने गरी सजाय सुनाएको थियो । सोही मुद्दामा उच्च अदालत पोखराको विसं २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतकै फैसला दोहो¥याई दश वर्ष कैद सजाय तोकेको थियो । पुनः सर्वोच्च अदालतको विसं २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी दश वर्ष कैद सजाय तोकेको थियो ।

    पक्राउ परेका ठकुरीलाई आजै तनहुँ जिल्ला अदालत उपस्थित गराइएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । साथै सोही वारदातमा संलग्न गरी तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका शुक्लागण्डकी नगरपालिका–११ का एघार जना व्यक्तिहरुलाई जनही रु ५० जरीवाना भुक्तानका लागि अदालत उपस्थित गराइएको छ ।