बाला चतुर्दशीमा देवघाट नआउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    बाला चतुर्दशीमा देवघाट नआउन आग्रह

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : हिन्दुहरुको महान् पर्व बाला चतुर्दशीको अवसरमा देवघाट नआउन आग्रह गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले देवघाट क्षेत्र विकास समितिले उक्त पर्वको अवसरमा देवघाट नआउन आग्रह गरेको हो ।

    कोरोनाको जोखिम कायमै रहेको र मेला, पर्व, उत्सव र भीडभाड नगर्ने भन्ने सरकारको नीति कायमै रहेकाले उक्त पर्व घरमा नै बसी परम्परा अनुसार मनाउन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । मङ्सिर २८ गते परेको बाला चतुर्दशीका लागि २७ गते साँझदेखि नै भक्तजन देवघाट पुग्ने गरेका थिए ।

    बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न देशका विभिन्न जिल्लाबाट भक्तजन देवघाट पुग्ने गरेका छन् । “धार्मिक तीर्थस्थल देवघाटधाम सनातन संस्कृतिका अनुयायीहरुको आस्था केन्द्र हो, देवघाटमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा श्रद्धालुहरुको ठूलो जमघट हुने परम्परा रहिआएको छ,” घिमिरेले भन्नुभयो, “चतुर्दशीको अवसरमा पनि उल्लेख्य भक्तजन आउनुहुन्छ, यस पर्व नआइदिनुहोस् भनेका छौ ।”