


दुलेगौडा : दुबै मृगौला फेल भएर तीन वर्षदेखि थला परेकी शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी अनिता सुवेदीलाई अष्ट्रेलियाबाट सहयोग आएको छ । दुलेगौँडाका अनिल बसौलाको अगुवाईमा संकलित ४३ हजार ८ सय ५० रुपैयाँ शनिबार उहाँका आमा बुवा मिना बसौला र दामोदर बसौलाले हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै सुवेदीको स्वास्थ्यलाभको कामना गर्नुभयो । सुवेदी परिवारको दयनीय अवस्था देखेपछि सहयोग गरेको उहाँको भनाई छ ।
दुवै मृगौला फेल भएकी सुवेदीको सहयोगको भरमै डायलासिस भईरहेको आमा जानुकाले बताउनुभयो । दमौली अस्पतालमा शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस हुने गरेको छ । सरकारले निशुल्क डायलासिसको व्यवस्था गरेपनि डायलासिस गर्दाको बखत आवश्यक औषधी र रगतको भने शुल्क तिर्नुपर्ने हुन्छ । हप्ताको ५ हजार रुपैयाँ आवश्यक पर्ने सुवेदीले बताउनुभयो । त्यही ५ हजार जुटाउन पनि सुवेदी परिवारलाई धौँ छ । दाताको भरमा उपचार भईरहेको उहाँले बताउनुभयो । उहाँले अगाडी भन्नुभयो, ‘यसै गरी दाताले सहयोग गरिदिए छोरी मुख मात्रै भएनि देख्न पाउथे ।’