


तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित प्रतिक्षालयमा भेटिएको रकम शनिबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । शुक्रबार भेटिएको नगद रु ३३ हजार, कागजपत्र सहित देवका विकलाई बुझाइएको हो ।
उक्त रकम स्थानीयवासी सुवास मल्लले भेटाउनुभएको थियो । रकम भेटिएसँगै उहॉले सामाजिक सञ्जालमार्फत् सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको थियो।