काठमाडौ: संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार हुनुभएको छ । ओली अध्यादेश फिर्ता लिन सहमति जनाएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी हुनुहुन्छ ।
ओलीकाो यस्तो सहमतिपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने पनि सहमति जुटेको छ ।