तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बसपार्कबाट शनिबार एक जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ मुलपानी बस्ने २२ वर्षीय उमेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खड्काको साथबाट डाइजेपाम, नुफिन र फेनरागन गरी ६० थान लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । निजलाई लागुऔषध मुद्दा दर्ता गरिने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।