प्रचण्डलाई कारबाही गरेको ओली समूहद्वारा निर्वाचन आयोगलाई पहिल्यै जानकारी !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डलाई कारबाही गरेको ओली समूहद्वारा निर्वाचन आयोगलाई पहिल्यै जानकारी !

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीले अनुशासनको कारबाही गरेको पत्र पहिल्यै निर्वाचन आयोगलाई जानकारी गराइएको दाबी गरिएको छ । 

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार आयोगमा प्रचण्डलाई अनुशासनको कारबाही गरेको पत्र पहिल्यै पठाइसकिएको छ ।

    आयोगका एक आयुक्तले पनि अनौपचारिक कुराकानीमा प्रचण्डलाई कारबाहीबारे ओलीले नै पहिले जानकारी पठाएको  घुमाउरो पारामा बाह्रखरीसँगको कुराकानीमा बताउनुभयो ।

    आइतबार बसेको प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस केन्द्रीय कमिटीलाई गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे हिजो (सोमबार) निर्वाचन आयोगलाई स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी गराएका हुन् । ओलीलाई कारबाहीको जानकारी गराएको लिखित पत्र निर्वाचन आयोगमा ५३८ नम्बरमा दर्ता भएको छ ।

    (स्रोत : बाह्रखरी डटकम)