कल्चर रिसोर्ट पोखराको क्रीसमस इभ कार्यक्रम, रामकृष्ण ढकालको विशेष प्रस्तुति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कल्चर रिसोर्ट पोखराको क्रीसमस इभ कार्यक्रम, रामकृष्ण ढकालको विशेष प्रस्तुति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा : पोखराको कल्चर रिसोर्टले क्रीसमस इभको अवसरमा आज सँगीतिक साँझ गर्ने भएको छ। कार्यक्रममा सदाबहार गायक रामकृष्ण ढकालको विशेष प्रस्तुति रहने बताइएको छ। साथमा स्थानिय कलाकारको प्रस्तुति हुनेछ भने लाइभ डिजेको मजा समेत लिन सकिनेछ।

    कार्यक्रमका लागि भिआइपी र जनरल गरि २ थरी टिकट बुक गर्न सकिनेछ। भिआइपी टेवलको २० हजार र जनरल टेवलको १० हजार रहेको छ। भिआइपी टेवलमा एक बोतल ब्लाक लेबल, दुई बोतल वाइन र एक केजि बिबिक्यु मासु त्यसैगरि जनरल टेवलमा एक बोतल वल्ड दरवार, एक बोतल वाइन र एक केजि बिबिक्यु मासु समेत उपलब्ध हुने बताइएको छ।

    टेवल वा रुम बुक गर्न ०६१-४२००७७ मा सिधै कल गर्न सकिने बताइएको छ। साँझ ५ बजे सुरु हुने कार्यक्रम राती १० बजे सम्म चल्नेछ।

    अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पनि रिसोर्टले पौष १६ गते साँझ गायिका इन्दिरा जोशीको प्रस्तुति सँगै साङ्गीतिक कार्यक्रम गर्ने बताइएको छ।