जन्मदिनमा आश्रमलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा आश्रमलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, आईतवार

    तनहुँ : तनहुँकाे ऋषिङ गाउँपालिका घर भई हाल क्यानडा बस्ने भिमा आलेको छोरी सिम्रन आलेको जन्मदिनको अवसरमा व्यास नगरपालिका–५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई नगद सहयोग प्राप्त भएको छ ।

    सिम्रनको जन्मदिनको अवसरमा हजुरबुबा संविधानसभा सदस्य झुलबहादुर आलेले आइतबार रु पाँच हजार ५५ नगद प्रदान गर्नुभएको थियो । उक्त रकम आलेले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभयो । महिलाहरुद्वारा सञ्चालित आश्रमको दिगोपनाका लागि जन्मदिन मनाउने खर्च कटाएर नातिनीले पठाएको रकम सहयोग गरेको आलेले बताउनुभयो ।

    विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोगका कारण आश्रम सञ्चालनमा सहयोग पुगेको मल्लले बताउनुभयो ।