तनहुँका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध सभा, दमौलीमा पौडेलले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध सभा, दमौलीमा पौडेलले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७७, आईतवार

    तनहुँ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस तनहुँले सोमबार जिल्लाका दुई निर्वाचन क्षेत्रमा विरोधसभा गर्ने भएको छ । केन्द्रीय समितिको निर्णय बमोजिम कांग्रेसले क्षेत्र नं १ को दमौलीमा र क्षेत्र नं २ को भीमादमा विरोध सभा गर्न लागेको हो ।

    विरोधसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले आइतबार प्रेस विज्ञप्तीमार्फत् लोकतन्त्रमा आस्था राख्ने सबैलाई विरोधसभामा सहभागी हुन अपिल गर्नुभएको छ ।

    नेपाली कांग्रेसले सरकारको उक्त निणर्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधाान भत्काई मुलुकलाई अस्थिरता अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमुलक काम भएको बताएको छ ।