एकनाले भरुवा बन्दुक सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    एकनाले भरुवा बन्दुक सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७७, आईतवार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–३ न्युपानेबाट एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय रोमबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

    सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भीमादबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।