फिरफिरेमा ल्होसार विशेष: साँस्कृतिक प्रस्तुतीसंगै ढिडो खाने प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    फिरफिरेमा ल्होसार विशेष: साँस्कृतिक प्रस्तुतीसंगै ढिडो खाने प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, सोमबार

    गुरुङ समुदायको महत्वपुर्ण पर्व हो तमु ल्होसार । गुरुङ बाहुल रेहेको बस्तीमा पुस १५ गते यो पर्व धुमधामका साथ मनाईन्छ । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी ल्होसार मनाउने भएका छन् ।


    तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा विभिन्न प्रतियोगिता हुदैँछ । वडाध्यक्ष मनराज गुरुङका अनुसार यहाँ ढिडो खाने प्रतियोगिता पनि आयोजना गरिएको छ । ‘यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिडो खान सक्छन् , उही विजेता हुनेछ’, उहाँले भन्नुभयो । ढिडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उहाँको भनाई छ । पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ । तर, माग भने बढ्दो छ । निकै पौष्टिक आहार मानिने कोदोको परिकार होमस्टेदेखी तारे होटलसम्म माग हुने गर्दछ ।


    यस्तै ल्होसारको अवसरमा डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरिय भलिबल प्रतियोगिता लगायत हुनेछ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका ८ गाउँलाई ८ समुहमा विभाजन गरी फरक फरक खानाको परिकारसहित सामुहिक भोज हुनेछ ।


    ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रर्दशन हुने वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । तस्बिर : गुगल