षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्छ : बरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्छ : बरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, सोमबार

    दुलेगौँडा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गराउने नियतले संसद विघटन नभएको जिकिर गर्नुभएको छ ।‘संसद विघटन चुनाव गराउने नियतमा भएको छैन् । यो कदमले जनताको विश्वासमाथी धावा बोल्यो’, उहाँले भन्नुभयो । संसद विघटनको बिरोधमा भिमादमा भएको तनहुँ क्षेत्र नम्बर २ को बिरोध सभालाई सम्बोधन गर्दै उहाँले प्रतिनिधीसभा पुर्नस्थापना गरेर लोकतन्त्र जोगाउन अदालतलाई अनुरोध गर्नुभयो ।


    संसद विघटन राष्ट्रको दुरगामी अहितका लागी भएको उहाँले बताउनुभयो । ‘नेपाललाई अफगानस्तानको रुपमा पु¥याउन भयानक षडयन्त्र छ । यो षडयन्त्रको भण्डाफोर हुनुपर्दछ’, उहाँले अगाडी थप्नुभयो, ‘षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्दछ ।’ नेपाललाई युद्धभूमी बनाउने प्रपञ्चमा संसद विघट भएको उहाँको भनाई छ ।


    प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेतापनि संविधानको संरक्षक भएको हिसाबले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने उहाँको तर्क छ । देश बिकास गर्न जनताले दुई तिहाई मत दिएर पठाएको प्रधानमन्त्रीले तमसा देखाएको बरिष्ठ नेता पौडेलको आरोप छ । अब चुनावमा जनतासंग भोट माग्ने हैसियत कम्युनिष्टसंग नभएको उहाँले बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिको विकासवादी पार्टी काङ्ग्रेस भएकाले संविधान र लोकतन्त्रको रक्षाको नेतृत्व काङ्ग्रेसले गर्ने दावी गर्नुभयो । “काङ्ग्रेसमा पनि कमी कमजोरी छन्, तर काङ्ग्रेसले दबाबपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्छ,” उहाँले भन्नुभयो ।

    संसद विघटनको विरोध गर्दै नेपाली काङ्ग्रेस तनहुँले आज दुई वटा निर्वाचन क्षेत्रमा विरोध सभा गरेको छ । तनहुँ क्षेत्र नम्बर १ को दमौलीमा र क्षेत्र नम्बर २ को भीमादमा कार्यक्रम सम्पन्न भएको छ । दुवै विरोधसभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।

    फाईल फोटो