विद्यार्थीलाई लायन्सको न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    विद्यार्थीलाई लायन्सको न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगाैडा : लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

    १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्वीटर वितरण गरेको क्लबका तृतीय उपाध्यक्ष गौरवराज रानाले बताउनुभयाे । लायन्सका को चिफ एडभाईजर चिफ विनोद ढुंगाना र क्लबका अध्यक्ष भिमलाल श्रेष्ठले विद्यार्थीलाई स्वीटर वितरण गर्नुभयाे । विद्यालयमा अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन स्वीटर वितरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

    यस्तै, लायन्स क्बल अफ तनहुँ खैरेनीटारले म्याग्दे–६ सर्वलाङस्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ३० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको क्लबका द्वितीय उपाध्यक्ष नारायण पोखरेलले जानकारी दिनुभयाे ।