व्यासले हप्ताको एक दिन स्वाब सङ्कलन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले हप्ताको एक दिन स्वाब सङ्कलन गर्ने

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले लक्षण देखिएकाको हप्ताको एक पटक स्वाब सङ्कलन गर्ने भएको छ । नगरपालिकाले कोभिडसँग लक्षण मिल्दोजुल्दो भएका व्यक्तिको प्रत्येक हप्ताको सोमबार स्वाब सङ्कलन गर्ने भएको हो ।

    व्यास-१ स्थित क्षेत्री समाजको भवनमा निशुल्क परीक्षणको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । पिसीआर गर्न चाहने व्यक्तिहरुले आइतबारभित्र स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।