तनहुँ : सनराइज बैङ्क दमौली शाखाले व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित जनजागृती माध्यमिक विद्यालयलाई प्युरीफाइर फिल्टर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले खानेपानी शुद्धिकरणको लागि विद्यालयलाई फिल्टर सहयोग गरेको हो ।
बैङ्कका शाखा प्रबन्धक किर्तिमान रानाले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम विकलाई मङ्गलबार संयुक्त रुपमा उक्त फिल्टर हस्तान्तरण गर्नुभएको छ ।
बैङ्कका प्रबन्धक रानाले सामाजिक उत्तरदायित्व वहन गर्दै निकट भविष्यमा पनि थप सामाजिक कार्य सञ्चालन गर्ने जानकारी दिनुभयो । विद्यालयका अध्यक्ष विकले बैङ्कले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा समेत सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा बैङ्कका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।