सरकारले चुनाव चाहेको छैन ः केन्द्रीय सदस्य पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारले चुनाव चाहेको छैन ः केन्द्रीय सदस्य पौडेल

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउनुभएको छ । ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पौडेलले चुनावको मिति नाटक मात्रै भएको टिप्पणी गर्नुभयो ।

          केन्द्रीय सदस्य पौडेलले संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले स्वेच्छाचारी काम गरिरहेको बताउनुभयो । काङ्ग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता काङ्ग्रेसका लागि प्यारो नभएको पौडेलको भनाई थियो ।

          आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताउनुभयो ।

          कार्यक्रममा पार्टीका सचिव विश्व बास्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल लगायतले जननायक बीपी कोईराला, राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेकोमा जोड दिनुभयो ।