लागूऔषध सहित दुई युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    लागूऔषध सहित दुई युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ वेशीशहर नगरपालिका-२२ शान्तिटोल बस्ने२७ वर्षीय गोबिन गुरुङ र १९ वर्षीय विशाल घले रहेको प्रहरीले जनाएको छ ।

    डुम्रे बजारस्थित पुल्चोक खाजा घरमा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले निजहरुको साथबाट डाईजोपाम ४७ सेट, नुर्फिन ४७ सेट र फेनरागन ४७ सेट गरी जम्मा १४१ थान बरामद भएको छ ।