रोटर्याक्टद्वारा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्टद्वारा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    तनहुँ : रोटर्याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले आइतबार व्यास-११ सेरा स्थित वसन्त आधारभूत विद्यालयमा उक्त सामग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ र क्लबले संयुक्त रुपमा उक्त सामग्री विद्यार्थीलाई सहयोग गरेको हो ।

    कार्यक्रमम वडाअध्यक्ष निरबहादुर खड्काले जन्मदिनमा होटलमा एकछिनको रमाइलो भन्दा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्तै खाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बालबालिका भोलिका कर्णदार भएकाले शैक्षिक सहयोगले टेवा पुग्ने बताउनुभयो ।

    कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल, विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा लगायतले मन्तव्य राख्नुभएको थियो ।