तनहुँ : विभिन्न मितिमा हराएका तथा चोरी भएका मोवाइल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपश्चात् छ महिनापछि सात थान मोवाइल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको हो ।
ओप्पो, सामसुङ, भिभो, हुवावे, रेडमि, लाभा कम्पनीका करिब रु एक लाख २९ हजार पाँच सय बराबरको मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।