भीमादमा कार्यकर्ता भेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा कार्यकर्ता भेला

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७७, सोमबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीको आयोजनामा सोमबार भीमादमा वृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य किरण गुरुङले संसद पुनस्र्थापना नहुने भएकाले चुनावको तयारी गर्नुको विकल्प नभएको बताउनुभयो ।

          गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएका गुरुङले लोकतन्त्रमा संसदीय अभ्यास अनुसार सदनमा मत लिने र जनमतमा जाने उपयुक्त कदम भएको चर्चा गर्नुभयो ।

    भेलामा तनहुँ क्षेत्र नं २ का निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य टुकराज सिग्देल लगायतले सम्बोधन गर्नुभएको थियो ।