नेकपा ओली पक्षद्वारा भीम रावललाई कारवाही सिफारिश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा ओली पक्षद्वारा भीम रावललाई कारवाही सिफारिश

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    काठमाडौँ : नेपाल कम्युनिष्ट (नेकपा) को ओली पक्षले सुदूरपश्चिम प्रदेश कमिटीले भीम रावललाई कारवाहीको सिफारिश गरेको छ ।   प्रचण्ड-नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भीम रावलसहित तीनजना नेतालाई कारबाही सिफारिस गरेको हो ।

    बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावलसहित तीन जनालाई कारबाहीको सिफारिस गरेको हो । यस अघि प्रचण्ड–नेपाल पक्षको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्णबहादुर थापासहित केही नेतालाई कारबाही गरेको थियो । 

    विधानमा अध्यक्षको निर्देशन र सहमतिमा मात्रै बैठक बस्ने व्यवस्था रहेको तर आफ्नो सहमति विपरित बसेको प्रचण्ड–नेपाल पक्षको बैठक आधिकारिक नभएको ओली पक्षको भनाइ छ ।