डिआईजीमा बढुवा भएका ९ जनालाई फूली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिआईजीमा बढुवा भएका ९ जनालाई फूली

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    काठमाडौं : नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा हुनुभएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाउनुभएकाे छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ९ जना डिआईजीलाई फूली लगाइदिनुभएकाे हाे ।

    गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरु गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई डिआईजीमा बढुवा गरेको थियो।

    आईजीपी थापा क्षेत्रीले पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयाे ।