प्रधानमन्त्री ओली धनगढी जॉदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओली धनगढी जॉदै

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विभाजन भएपश्चात् पहिलोपल्ट उपत्यकाबाहिरको कार्यक्रममा भाग लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली विभाजित नेकपाको आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन धनगढी जान लाग्नुभएको हो।

    सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली मध्याह्न १२ गते धनगढी जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ७ को अवस्था देखाउँदै प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि डेढवर्षदेखि आन्तरिक किचलोमा रुमलिएको नेकपा अन्ततः विभाजित भएको थियो ।

    पार्टीले विभाजनको बाटो रोजेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र ओली समूहबीच कार्यक्रमको प्रतिस्पर्धा चलेको छ । सरकारका मन्त्रीहरू पनि पार्टीका कार्यक्रममा नै व्यस्त हुन थालेका छन् ।