सत्यवतीका ७३ विद्यार्थीलाई स्वीटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सत्यवतीका ७३ विद्यार्थीलाई स्वीटर

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार स्वीटर वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ७३ विद्यार्थीलाई वडा कार्यालयले स्वीटर वितरण गरेको हो ।

    लक्षित वर्गको बजेट मार्फत् विद्यार्थीलाई स्वीटर वितरण गरिएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष सूर्य अधिकारी, कार्यपालिका सदस्य कल्पना पोख्रेल, वडा सदस्य टुकबहादुर हमाल, राधिका परियार, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल लगायतको सहभागिता थियो ।