तनहुँ : तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बढी दूध विक्री गर्ने कृषकलाई पुरस्कृत गरेको छ । सङ्घको सोमबार आयोजित २५ औं साधारणसभाका अवसरमा बढी दूध विक्री गर्ने १२ कृषकलाई नगद सहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा जिल्लाका विभिन्न स्थानीय तहका कृषक छन् । १३ वटा दुग्ध उत्पादक सहकारी सङ्घमार्फत् दूध विक्री गर्ने कृषकलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।
सबैभन्दा बढी दूध विक्री गर्ने व्यास नगरपालिका–५ का खडानन्द आचार्यलाई रु पाँच हजार नगदबाट पुरस्कृत गरियो । उहाँले २० हजार ८ सय ९६ लिटर दूध विक्री गरेर रु ११ लाख ३३ हजार ६ सय आम्दानी गर्नुभएको छ । १८ हजार ८ सय ६४ लिटर दूध विक्री गरेर रु दश लाख ५६ हजार तीन सय ८४ आम्दानी गर्ने व्यास नगरपालिका–११ का दिपेन्द्र अधिकारीलाई रु चार हजार, १६ हजार सात सय २५ लिटर दूध विक्री गरेर रु नौ लाख १७ हजार ७ सय ६१ आम्दानी गर्ने बन्दीपुर गाउँपालिका–१ की अन्जु श्रेष्ठलाई रु तीन हजारबाट पुरस्कृत गरियो ।
१४ हजार ६९ लिटर दूध विक्री गरेर रु आठ लाख ४० हजार सात सय ७८ आम्दानी गर्ने व्यास नगरपालिका–१० का डिल्लीराम सापकोटा, १५ हजार ३१ लिटर दूध विक्री गरेर रु सात लाख २१ हजार २८ आम्दानी गर्ने व्यास नगरपालिका–१० का प्रकाश भुजेल, १२ हजार आठ सय ९० लिटर दूध विक्री गरेर रु छ लाख ५८ हजार सात सय ८२ आम्दानी गर्ने आँबुखैरेनी गाउँपालिकाका चोलबहादुर गौली, १२ हजार पाँच सय ८५ लिटर दूध विक्री गरेर रु पाँच लाख ९६ हजार पाँच सय १४ आम्दानी गर्ने व्यास नगरपालिका–१३ का विष्णु बराल, १० हजार तीन सय ९९ लिटर दूध विक्री गरेर रु पाँच लाख ८८ हजार छ सय २९ आम्दानी गर्ने म्याग्दे गाउँपालिका–५ का विष्णुबहादुर थापा, नौ हजार नौ सय १९ लिटर दूध विक्री गरेर रु चार लाख ९६ हजार छ सय ५९ आम्दानी गर्ने म्याग्दे गाउँपालिका–३ का नवराज घिमिरे (ख), आठ हजार २० लिटर दूध विक्री गरेर रु चार लाख एक हजार आम्दानी गर्ने शिवराज रेग्मी, आठ हजार छ सय ७४ लिटर दूध विक्री गरेर रु तीन लाख ९२ हजार आठ सय १६ आम्दानी गर्ने भानु नगरपालिका–८ का रामचन्द्र बजगाई, पाँच हजार एक सय ६१ लिटर दूध विक्री गरेर रु दुई लाख २१ हजार नौ सय २३ आम्दानी गर्ने भानु नगरपालिका–९ का सूर्यप्रसाद भण्डारी र दुई हजार दुई सय पाँच लिटर दूध विक्री गरेर रु एक लाख पाँच हजार दुई सय पाँच आम्दानी गर्ने बन्दीपुर गाउँपालिका–१ का हरिकृष्ण अधिकारीलाई नगद रु एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ ।
त्यस्तै वार्षिक रुपमा बढी दूध विक्री गर्ने दुम्सी दुग्ध उत्पादक सहकारी सङ्घ र गुणस्तरीय दूध विक्री गर्ने पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी सङ्घलाई रु पाँच÷पाँच हजारले पुरस्कृत गरियो । दुम्सी दुग्ध उत्पादक सहकारी सङ्घले तनहुँ दुग्ध उत्पादक सङ्घलाई तीन लाख ४९ हजार पाँच सय ९८ लिटर दूध उपलब्ध गराएको छ भने पोखरीभञ्ज्याङले ४.२३ फ्याट, ८.३८ एसएनएफ दूध उपलब्ध गराएको छ ।
सङ्घको साधारणसभाका अवसरमा कृषकलाई पुरस्कृत गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कृषकलाई प्रोत्साहन गर्ने नीति नगरपालिकाको पनि रहेको बताउनुभयो । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारीले कृषकको हकहितमा काम गर्दै आएको बताउनुभयो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुंवरले दुग्ध उद्योग धारासायी परेको अवस्थामा पनि तनहुँ दुग्ध सहकारीले कृषकको पीडामा आत्मसाथ गर्दै मिल्क होलिडे नगरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष यज्ञप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा संयोजक बलराम भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको व्यवस्थापक राजु भुजेलले जानकारी दिनुभयो ।