तनहुँ : युराेपियन युनियन नेपालकी राजदूत नोना डिप्रेजले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको अवलोकन गर्नुभएको छ । पोखरा जान आउनुभएकी उहाँले मङ्गलबार पर्यटकीय नगरी बन्दीपुरको अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा राजदूत डिप्रेजले बन्दीपुरको पर्यटन प्रबद्र्धन र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले युरोपियन युनियनको तर्फबाट विगतमा पनि गाउँपालिकालाई सहयोग हुँदै आएकामा त्यसलाई निरन्तरता दिन आग्रह गरिएको जानकारी दिनुभयो । “वातावरण संरक्षण, ऐतिहासिक स्थलको संरक्षण लगायतका विषयमा हुँदै आएको सहयोगलाई निरन्तरता दिन उहाँ समक्ष आग्रह ग¥यौ,” थापाले भन्नुभयो ।
राजदूतले सङ्घीयता बमोजिम तीन तहको सरकार गठनपछि बन्दीपुर गाउँपालिकाले गर्दै आएका कामको बारेमा समेत चासो राख्नुभएको थियो ।