अपाङ्गता मनिरामलाई ह्विलचियर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    अपाङ्गता मनिरामलाई ह्विलचियर

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    तनहुँ : तनहुँकाे भानु नगरपालिका-१ सालबिस्नेका अपाङ्गता मनिराम गुरुङ ह्विलचियर पाउनुभएकाे छ । राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज नेपाल तनहुँकाे सहयाेगमा ६० वर्षीय गुरुङले ह्विलचियर पाउनुभएकाे हाे ।

    युवा अभियान्ता लक्ष्मीभक्त खनालले अपाङ्गता भएका गुरुङलाई ह्विलचियर प्रदान गर्नुभयाे । ह्विलचियर पाएपछि गुरुङले खुशी व्यक्त गर्नुभयाे ।

    समाजले केही दिन अगाडी मात्रै देवघाटका दुई अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेकाे थियाे ।