गाजा सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गाजा सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौताराबाट गाजा सहित दुई पक्राउ परेका छन् । शङ्कास्पद रुपमा हिँडेको अवस्थामा प्रहरीले फेला पारी चेकजॉच गर्दा गाजा सहित दुई पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ बस्ने १९ वर्षीय विजय राई र कास्की अन्नपूर्ण गाउँपालिका-१ बस्ने २१ वर्षीय आनन्द केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीले निजहरुको साथबाट एक किलो २५० ग्राम गाजा बरामद गरेको छ ।

    निजहरुलाई गाजा मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।