अरनिकोमा शिक्षक अभिभावक सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    अरनिकोमा शिक्षक अभिभावक सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ । शुक्रबार आयोजित भेलाले विष्णुसिंह गुरुङको अध्यक्षतामा अभिभावक सङ्घ गठन गरेको हो ।

    सङ्घको सदस्यहरुमा खेमबहादुर गुरुङ, शान्ता मौरती, शमसेर गुरुङ, अनिता गुरुङ, विमला गुरुङ, मन बहादुर गुरुङ, मन्जु धमेल, विमला कुवंर चयन हुनुभएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको प्रथम त्रैमासिक नतिजा प्रकाशन गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।