छिमेकी जिल्लामा खोरेत देखिएपछि सतर्कता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    छिमेकी जिल्लामा खोरेत देखिएपछि सतर्कता

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : छिमेकी जिल्ला कास्कीमा खोरेत रोग देखिएपछि तनहुँको भीमाद नगरपालिका कृषि तथा पशु सेवा शाखाले सतर्कता अपनाउन कृषकलाई आग्रह गरेको छ । छिमेकी जिल्लामा देखिएको प्रकोपले भीमाद पनि जोखिममा रहेको हुनाले कहीकतैबाट पशु खरिद नगर्न किसानलाई आग्रह गरिएको छ ।

    आइतबार सूचना प्रकाशित गर्दै पशु सेवा शाखाले फार्म गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म गोठमा नजान, गोठको काम गर्दा लगाएको कपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्न, पशुहरुको ओसारपसार केही समयका लागि बन्द गर्न, नियमित रुपमा फार्म गोठ वरपर चुन, फिनेल वा भिरकोट छर्न आग्रह गरेको छ ।