जेसीजको स्वास्थ्य शिविरमा तीन सयले लिए सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जेसीजको स्वास्थ्य शिविरमा तीन सयले लिए सेवा

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : शुक्लागण्डकी जेसीजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासँगको सहकार्य र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।


    थप्रेक स्वास्थ्य चौकीमा भएको शिविरमा दुई सय १४ जनाले आँखा परीक्षण गराएको शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये ५ जनामा मोतियाविन्दुको समस्या पाईएपछि निशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ‘हिमालयन आखा अस्पतालमा घारीपाटन पोखरामा शल्क्रियाका लागि पठाएका छौँ,’ उहाँले भन्नुभयो ।

    उहाँका अनुसार ८६ जनाले हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोजी लगायतको सेवा लिए । ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई मध्यजनर गर्दै शिविर चलाएको उहाँको भनाई छ । हिमालयन आखा अस्पतालका विशेषज्ञ डाक्टरले आखा परिक्षण र चरक मेमोरिय हस्पिटल पोखराका विशेषज्ञ डाक्टरले अन्य सेवा दिएका हुन् । शिविरमा स्वास्थ्य परीक्षण गराएकालाई निशुल्क औषधी समेत वितरण गरिएको छ ।


    स्वास्थ्य शिविरको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले गर्नुभएको हो । उहाँले ग्रामीण भेगका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो ।


    करिब दुई दशक लामो इतिहास बोकेको शुक्लागण्डकी जेसीजले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । यो बर्ष शुक्लागण्डकीका प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।