व्यवसायी पराजुलीद्वारा आफै पढेको विद्यालयमा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    व्यवसायी पराजुलीद्वारा आफै पढेको विद्यालयमा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७७, शनिबार

    तनहुँ : व्यवसायी विष्णु पराजुलीले तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित शहीद गङ्गा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पराजुलीले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उदेश्य सहित विद्यालयमा रु एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गर्नुभएको हो ।

    शुक्रबार आयोजित विद्यालयको ४५ औ वार्षिकोत्सवको अवसरमा पराजुलीले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । आफूले उक्त विद्यालयमा एसएलसीसम्म दुख गरी पढेको स्मरण गर्दै पराजुलीले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग पुगोस् भन्नलाई स्वर्गीय बुबा शालिकराम पराजुली र स्वर्गीय आमा शिव पराजुलीको स्मृतिमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

    साथै पराजुलीले विद्यालयका २० जनालाई स्वीटर समेत प्रदान गर्नुभयो । उक्त कार्यक्रममा पूर्व प्रधानन्यायधीश गोपाल पराजुली, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।