नेविसङ्घद्वारा न्यानो कपडा र शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    नेविसङ्घद्वारा न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, आईतवार

    तनहुँ : नेपाल विद्यार्थी सङ्घ भानुले भानु नगरपालिका-३ दोरदोर प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । सङ्घले विद्यालयमा अध्ययनरत २७ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीको आवश्यकता परेको जानकारी पाएपछि सहयोग गरिएको भानु सभापति सुजन थपलियाले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा नेविसङ्घका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी, तनहुँका सहसचिव अजय थापा, तरुण दल ऑबुखैरेनी सभापति विजय गुरुङ, उपसभापति दिपेन्द्र अधिकारी लगायतको सहभागिता थियो ।