गाजा सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गाजा सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ जलधारे बस्ने विवेक राउत र सुमन विक रहेको प्रहरीले जनाएको छ ।

    सडक छेउको चौतारामा शङ्कास्पद अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले खानतलासी गर्दा गाजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । विवेकले पछाडि भिरेको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा एक केजी ८ सय ५० ग्राम र सुमनले भिरेको झोलाभित्र एक केजी सात सय ५० ग्राम गरी तीन केजी ६ सय ग्राम अवैध गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाविरुद्ध साेमबार जिल्ला अदालत तनहुँबाट लागुऔषध गाजा मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।