कृषक समूहलाई बोयर बोका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    कृषक समूहलाई बोयर बोका

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिका भित्रका कृषक समूहलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले मङ्गलबार सात वटा कृषक समूहलाई १४ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो ।

    व्यावसायिक बाख्रापालनमा कृषकलाई आबद्ध गराउन कृषक समूह मार्फत बोका वितरण गरिएको गाउँपालिकका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयाे । विभिन्न वडा बाख्रापालनका लागि पकेट क्षेत्र भएपनि कृषकहरुले त्यसबाट लाभ लिन नसकेको भन्दै अध्यक्ष थापाले अब उन्नत जातको बाख्रा पालनबाट प्रशस्त आम्दानी लिनुपर्ने बताउनुभयाे ।

    गाउँपालिकाले खरिद गरेर बाख्रापालन पकेट घोषित क्षेत्रहरु मास्दी दोभान, जैथुम छेराङ, घन्टाचुली, आईलुङ, नाल्बुङ, कोटा र बगन्दीका कृषक समूहलाई २ वटाको दरले बोयर जातको ब्याड बोका अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पुर्णचन्द्र अधिकारीले बताउनुभयाे ।